मधेशी भाषा संस्थागत भएकोमा राजधानीमा दिप प्रज्वलन जनकपुरधामः मधेशी भाषा संस्थागत भएको भन्दै मधेश प्रदेशको राजधानी जनकपुरधाममा दिप प्रज्वलन...
मधेशी भाषा संस्थागत भएकोमा राजधानीमा दिप प्रज्वलन
जनकपुरधामः मधेशी भाषा संस्थागत भएको भन्दै मधेश प्रदेशको राजधानी जनकपुरधाममा दिप प्रज्वलन गरिएको छ ।
प्रतिनिधि सभामा जनमत पार्टीका अध्यक्ष डा.सीके राउतसहित तीन जना सांसदहरुले मधेशी भाषामा शपथ लिएपछि मधेशी भाषा संस्थागत भएको भन्दै दिप प्रज्वलनसहित खुशियाली मनाइएको छ ।
नेता साहले भने,‘मधेशी भाषा अथवा मध्यदेशीय भाषाको परिकल्पनाकार डा.सीके राउतलाई धन्यवाद दिन चहान्छु । उहाँले मधेशी भाषाको परिकल्पना गरी मधेशका भाषाहरुलाई संस्थागत गराउनु भयो।’
‘मधेशमा बोलिने सबै भाषा मधेशी भाषा हुन्। यो भाषा मधेशीहरु स्वयम्ले बोल्ने गरेका छन्’, नेता साहले भने,‘मधेशी भाषा कसैमाथि लादिने भाषा होइन। यो पूर्वदेखि पश्चिमसम्मका मधेशीहरुको भाषा हो।’
मधेशमा विभिन्न भाषाहरु रहेको र कतिपयलाई भाषाबाटै अपहेलित गरिने गरेको सुनाउँदै नेता साहले भने,‘हामी जे बोल्छौं त्यही मधेशी भाषा हो। कसैले तेरो भाषामा यो मिलेन त्यो मिलेन भन्ने कुरा अब रहँदैन।’
कार्यक्रममा जनकपुरधामका स्थानीयबासीसहित विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो।

No comments